Logo
Logo

प्रदीप गिरिको अन्तिम बिदाइ


693
Shares

काठमाडौं । कांग्रेसका नेता प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा गिरिको शवमा उनका छोरा सन्तोष सिलवाल गिरिले दागबत्ती दिएका छन् ।

अन्त्येष्टिअघिको प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न राजनीतिक दलका नेता तथा उच्च पदस्थ व्यक्तिहरुले गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

शनिबारराति मेडिसिटी अस्पतालमा निधन भएका गिरिको शव श्रदाञ्जलीका लागि अस्पतालमै र कांग्रेस पार्टी कार्यालयमा सानेपामा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्