Logo
Logo

काभ्रेमा तीन दुर्घटना, प्रहरीसहित तीन जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० साउन ।
काभ्रेमा आइतबार भएको छुट्टा छुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
विपी राजमार्ग अन्र्तगत रोशी गाउँपालिका–८ गिम्दीबेसीमा काठमाडौंबाट मंगलटार तर्फ जाँदै गरेको ना ६२ प ७३१६ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा कालिसिद्धि गण बर्दिबासमा कार्यरत हवल्दार ३५ वर्षीय भोजनारायण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।


अरनिको राजर्माग अन्र्तगत बनेपा नगरपालिका १० जनागालमा जीपले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक बनेपा नगरपालिका १२ का २१ वर्षीय रविन थापाको मृत्यु भयो ।

साँगातर्फ जाँदै गरेको बा ५७ प ९५६९ नम्बरको मोटरसाईकललाई विपरित दिशातर्फबाट आएको बा १७ च ८११२ नम्बरको जीपले ठक्कर दिएको थियो ।

त्यसैगरी साँगाबाट बनेपा तर्फ जाँदै गरेको बा ९९ प ३३९७ नम्बरको स्कुटरलाई सोही दिसातर्फबाट आइरहेको बा ६ ख ७३१५ नम्बरको ट्रकले ठक्कर दिँदा परिचय खुल्न नसकेको एक पुरुषको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्