Logo
Logo

ला लिगामा बार्सिलोना विजयी, लेवान्डोस्कीको २ गोल


756
Shares

एजेन्सी । स्पेनिस ला लिगामा गएराति बार्सिलोनाले रियल सोसिडाडमाथि ४–१ को जित निकालेको छ ।

स्टेडियो एनोएटामा सम्पन्न खेलको पहिलो मिनेटमै रोबर्ट लेवान्डीस्कीले बार्साका लागि गरे । तर, छैटौं मिनेटमा घरेलु टोलीका अलेक्जेन्डर इसकले गोल फर्काउँदा पहिलो हाफमा खेल १–१ गोलको बराबरीमा रोकियो ।

दोस्रो हाफमा भने बार्सिलोनाले ३ गोल थप्न सफल भयो । ६६औं मिनेटमा ओस्माने डेम्बेलेले अंशु फाटीको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

त्यस्तै ६८औं मिनेटमा फाटीकै पासमा लेवान्डोस्कीले गोल गर्दै आफ्नो ३४औं जन्मदिनमा टिमलाई दोहोरो गोलको उपहार दिए । बार्सिलोनाका लागि चौथो गोल फाटीले ७९औं मिनेटमा गरे ।

जितसँगै बार्सिलोनाले दुई खेलबाट ४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्