
एजेन्सी । फ्रेन्च लिग वानमा गएराति पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित हात पारेको छ ।
उसले घरेलु टोली लिलीविरुद्ध ७–१ को फराकिलो जित हात पारेको हो । पीएसजीको जितमा केलियन एम्बाप्पेले ह्याट्रिक पूरा गर्दा नेयमारले २ तथा लियोनल मेस्सी र अचरफ हाकिमीले समान १ गोल गरे ।
लिलीका जोनाथन बम्वाले १ गोल फर्काए । लगातार तेस्रो निकालेको पीएसजी शीर्ष स्थानमा छ ।
पहिलो पराजय बेहोरेको लिली समान खेलबाट ४ अंकका साथ १२औं स्थानमा छ ।