Logo
Logo

राष्ट्रिय क्रिकेट टोली केन्या प्रस्थान गर्दै


504
Shares

काठमाडौँ । टी–२० र एकदिवसीय क्रिकेट खेल्नका नेपाली टिम आज केन्यातर्फ जाँदै छ ।

टोली आज अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । त्यसअघि क्यानले टोलीलाई बिदाइको कार्यक्रम रहेको छ ।

नेपालले केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ । ५ खेलको टी–ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।

दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ । राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन् । नेपालले सन्दीप लामिछानेको कप्तानीमा खेल्ने छ ।

टोलीमा कप्तान लामिछाने, उपकप्तान रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदील आलम, करण केसी,ज्ञानेन्द्र मल्ल, सोमपाल कामी,बसिर अहमद, अर्जुन साउद, पवन सर्राफ, शाहब आलम, किशोर महतो, विवेक यादव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्