Logo
Logo

आयुश्री बनिन् यस वर्षको ‘लिटिल आइडल’



काठमाडौं । प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले संयुक्तरुपमा आयोजना गरेको ‘लिटिल आइडल २०२२’को उपाधी युरो स्कुल हात्तिगौंडामा कक्षा आठमा अध्ययनरत आयुश्री घिमिरेले जितेकी छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यmक्रममा आयुश्रीले शीर्ष उपाधिसहित ३० हजार रुपैयाँ पुरस्कार एवं ब्याब्सन काठमाडौंको तर्फबाट एक वर्षको छात्रावृत्ति प्राप्त गरेकी छन् ।

जमलस्थित सांस्कृतिक संस्थानमा भएको प्रतियोगितामा बागमती बोर्डिङ हाईस्कुल सुकेधाराकी प्रश्मी रत्न फस्ट रनरअप, नेशनल ब्लुमिङ फ्लावर एकेडेमी बुढानिलकण्डकी विहानी गुरुङ मिस लिडरसिपसहित सेकेन्ड रनरअप घोसित भए ।

प्रश्मीले २० हजार रुपैयाँ र विहानीले १० हजार रुपैयाँसहित दुवैजनाले एकएकवर्षको छात्रवृत्ति प्राप्त गरेका छन् । प्रतियोगितामा १० हजार रुपैयाँ पुरस्कारसहित नेपाल सेन्ट्रल हाइस्कुल नरेफाँटकी सगुन महर्जन मिस ट्यालेन्ट, इलिक्जर एकेडेमी कुमारीगलकी सम्पदा महतो मिस कन्फिडेन्ट, ग्रामर पब्लिक स्कुल काटेश्वरकी सिर्जा शाह मिस डाइनामिस घोषित भए ।

त्यसैगरी मेरिडियन इन्टरनेशनल स्कुल बालुवाटारकी आश्का भण्डारी मिस पर्सनालिटी, क्याम्ब्रिज पब्लिक हाईस्कुल पुरानो वानेश्वरकी अभिलाशा श्रेष्ठ मिस फोटोजेनिक, इडेन ब्रिज एकेडेमी धापासीकी करुना थुलुङ राई मिस फ्रेण्डसिप र केएमसी स्कुल बुद्धनगरकी प्रिन्सु शर्मा मिस इन्ट¥याक्टिभ हुन सफल भए ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले प्रतियोगीहरुको प्रस्तुती उत्कृष्ठ रहेको बताउँदै आफु शिक्षण पेशाबाट आएकाले विद्यार्थीको भावना र प्रतिभा नजिकबाट महसुस गर्न सक्ने बताए । ‘सहभागी छात्राहरुको प्रस्तुती असाध्यै राम्रो लाग्यो । छात्राहरुको अत्तिरिक्त क्षमता उजागर गर्न प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टको प्रयास सराहनीय छ’, मुख्यमन्त्री पाण्डले भने ।

राजधानीका विभिन्न विद्यालयबाट आएका ६५ जना प्रतियोगीलाई उनीहरुको दक्षता र प्रतिभाअनुसार आर्ट एक्सेलेन्स अवार्ड, सिंगिङ एक्सेलेन्स अवार्ड, डान्सिङ एक्सेलेन्स अवार्ड, इन्ट्रुमेन्ट प्लेइङ एक्सेलेन्स अवार्ड, पब्लिक स्पिकिङ एक्सेलेन्स अवार्डलगायत विभिन्न अवार्डबाट सम्मान गरिएको थियो ।

प्याब्सन काठमाडौंकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राईको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय प्याब्सन एवं प्याब्सन काठमाडौंका पदाधिकारीहरुले विजेता एवं सहभागीहरुलाई ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा प्राज्ञ प्रदीप बोमजन, डीआईजी भीम ढकाल, अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारी, मिस कस्मोपोलिटन वल्र्ड २०१९ प्रियारानी लामा, अभिनेत्री उषा रजक, मिस मंगोल नेपाल २०२१ एप्रिला घिसिङ र नेपाल एड्मिनिस्ट्रेटिभ स्टाफ कलेजका डेपुटी डारेक्टर शिव अधिकारी निर्णायकका रुपमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्