Logo
Logo

यस्तो देखियो आईईसी फेसन रन-वे (फिचरसहित)



काठमाडौं । दरबारमार्गस्थित होटल याक एण्ड यति शनिबार साँझ फेसनमय थियो । ‘आईईसी डिजाइनर रनवे–११’ नाम फेसन शोमा सेलिब्रेटीदेखि मोडलसम्मले १२ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गर्दा होटल धपक्क बलेको देखिन्थ्यो ।

झिलिमिलि सजावटसहित फेसन शोमा ७ भारतीय र २५ नेपाली मोडलले ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गरेका थिए । ६१ जना फेसन डिजाइनर नै आईईसी कलेजका १९औं ब्याजका पास आउट बिद्यार्थी हुन् ।

आइसी कलेजको आयोजनामा नेक्स्ट मोडल्स नेपालको म्यानेजमेन्टमा सम्पन्न फेसन शोमा पुर्वमिस नेपाल नम्रता श्रेष्ठ, अस्मी श्रेष्ठ, अभिनेत्री आँचल शर्मा, रुविना थापा र अभिनेता आकाश श्रेष्ठ शोटपरका रुपमा र्याम्म देखिएका थिए ।

सेलिब्रेटी, भिआईपी, ब्यवसायीलगायत बिभिन्न प्रतिष्ठित ब्यक्तिहरुको उपस्थिति रहेको उक्त शोको कोरियोग्राफी अभिमन्युसिंह तमोरले गरेका थिए ।

फेसन शो ‘आइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका डिजाइन अन्तर्राष्ट्रियस्तरमा पुर्याउनु रहेको आयोजक आईईसीकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्