Logo
Logo

माओवादी र नेकपा समाजवादीको एउटै घोषणापत्र


1.9k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आगामी निर्वाचनमा एउटै घोषणापत्र बनाउने भएका छन् ।

सोमबार बिहान हात्तीवनस्थित एउटा घरमा माओवादी अध्यक्ष पुष्पकमद दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दुई पार्टीले साझा घोषणापत्र बनाएर जाने सहमति भएको हो ।

छलफलमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । छलफलपछि सञ्चारमर्कीले माओवादी र नेकपा समाजवादी एउटै घोषणापत्र बनाएर निर्वाचनमा जाने सहमति भएको हो ? भन्ने प्रश्नमा श्रेष्ठले ‘हो’ भन्दै प्रतिक्रिया दिएका थिए ।

माओवादी र एकीकृत समाजवादीले पार्टी एकताको गृहकार्य गर्दै आएका छन् । निर्वाचनमा एउटै घोषणापत्र लिएर जानेभएपछि पार्टी एकता भने आगामी निर्वाचनपछि मात्रै हुने भएको छ ।

त्यस्तै दुवै पार्टीलाई एकीकृत बनाएर लैजाने विषयमा एकता संयोजन समिति बनाउने सहमति जुटेको छ । माओवादीको निर्वाचन चिन्हबाट निर्वाचन लड्ने सहमति गरेका बाबुराम भट्टराई र वामदेव गौतमका विषयमा पनि कुराकानी भएको थियो ।

दुई नेताहरुका बिचमा निर्वाचनअघि एकता संयोजन समिति बनाउने र त्यसमार्फत् वार्ता अघि बढाउने सहमति भएको बताइएको छ । छिट्टै गौतम र भट्टराईसँग छलफल गरेर दुवै पार्टीका नेताहरु रहने समिति बताउने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्