बुटवल । ‘मृत्यु भएको व्यक्तिलाई जीवित बनाएको’ भन्दै भ्रम फैलाएको आरोपमा बुटवलको एक चर्चका पास्टर पक्राउ परेका छन् ।
सोमबार बिहान बुटवल उपमहानगरपालिका–११ बुद्धनगरबाट पास्टर राजेन्द्र गोतामेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । आइतबार सामाजिक सञ्जालमा एक जना मृतकलाई जीवित बनाएको भन्दै भिडिओ सार्वजनिक भएको थियो ।

उनले सो भिडियो भने अहिलेको नभएको बताएका छन् । उनले भने, ‘पुरानो हो भनेका छन् । यो यहाँको पनि होइन लमजुङ हो कि लुम्बिनीको हो भनेर भनेका छन् ।’
उनीमाथि के–कस्तो मुद्दामा अनुसन्धान गर्ने बुझ्न जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा लगिएको छ । त्यहाँबाट आदेश भएअनुसारकै मुद्दा चलाइने उनले बताए ।














