
एजेन्सी । टि–२० एसिया कप छनोटमा हङकङले कुवेतलाई ८ विकेटले हराएको छ ।
लगातार दोस्रो जित निकाल्दै हङकङ छनोट नजिक पुगेको छ । १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको हङकङले १७ ओभर ४ बलमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
हङकङका बाबर हायत ५३ रनमा अविजित रहे । कप्तान निजाकत खान ५० रनमा आउट भए । कुवेतका मोहम्मद शफिक र अदनान इद्रिसले एक/एक विकेट लिए ।
त्यसअघि अलअमिरात मैदानमा टस हारेर ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । कुवेतका एडसन सिल्भाले ५६ रनको अर्धशतकीय पारी खेले ।
हङकङका अजिज खान, एहसान खान र यासिम मुर्तजाले दुई/दुई विकेट लिए ।











