
काठमाडौं । विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी)को सय किलोमिटर विधामा नेपालकी सुनमाया बुढा दोस्रो भएकी छिन् ।
द नर्थ फेस एडभेन्चर क्लबबाट खेलेकी सुनमायाले गएर मोन्ट ब्लांक क्षेत्रको कोर्ष रेकर्ड तोड्दै ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । फ्रान्सकी ब्लेन्डिन हिरोन्डेल पहिले भइन् ।

यो विश्व च्याम्पियनसिपको मान्यता पाएको प्रतियोगिता हो । यसअघि सुनमायाले सन् २०१७ मा मोन्ट ब्लांक ८० किमि दाैडमा सहभागिता जनाएकी थिइन् ।
त्यतिबेला उनी सातौं भएकी थिइन् ।











