Logo
Logo

सकारात्मक सोच, फरक शैली


- दृष्टि न्युज/संवाददाता


– नारायण दास मानन्धर, प्रमुख कार्यकारी अधिकृत, प्राइम बैंक

धेरै वर्षअघि नै उनले जागिर छाड्ने योजना बनाएका थिए । तर, जीवन सधैं कहाँ योजना अनुसार चल्छ र ? जीवन परिस्थितिले जीवन चलाउँदोरहेछ । त्यसैले उनी अहिले पनि दिनरात बैंकिङ चिन्तनमै डुबिरहेका छन् । त्यस्तै भयो नारायणदास मानन्धरको जीवनमा पनि । करिब ५० वर्षको बैंकिङ अनुभव संगालेका उनैलाई गत साता प्राइम बैंकको बोर्डले फेरि चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत(सिईओ) को जिम्मेवारी थप गरेको छ ।

– नारायण दास मानन्धर, प्रमुख कार्यकारी अधिकृत, प्राइम बैंक

प्राइम बैंकको एउटा सफलताको कारण लगानीका नयाँ नया क्षेत्र खोजी गर्दै आएको छ । दोलखाको जिरीमा चौंरी पालन व्यवसाय संकटमा थियो । त्यहाँ चांैरीको चिजको व्यवसाय निकै चर्चित छ । तर, चौंरी पाल्नेहरु घट्ने गएपछि प्राइम बैंकले नै स्थानीयहरुलाई परिचालन गरी चौंरी र चिज व्यवसायमा कर्जा लगानी गरेर व्यवसायिकता सुरु गरेको छ । अन्य जिल्लाहरुमा पाठा उत्पादन, कुखुराको चल्ला उत्पादन तथा ट्राउट माछा पालन जस्ता कृषि व्यवसायमा आफूहरुले लगानी गरेको मानन्धरले सुनाए । उनी भन्छन्, ‘जहाँ प्रतिस्पर्धा छ त्यहाँ सकेसम्म हामी पस्दनौं, नयाँ नया क्षेत्र खोज्छौं । जहाँ हामी सन्तुष्ट पनि भएका छौँ ।’

अवकाशको योजना बनाएपनि विभिन्न परिस्थितिले उनलाई करिअरमै बाँधी राखेको छ । विगतमा समस्या परेको अवस्थामा विभिन्न बैंकमा सुधारका लागि भनेर उनलाई जिम्मेवारी दिइयो । प्राइम बैंकमा पनि दशक बिताइसकेपछि यसपटक राष्ट्र बैंकले ल्याएको मर्जर नीतिले गर्दा उनले अवकाश लिने परिस्थिति बनेन । राष्ट्र बैंकको मर्जर तथा एक्विजिसनको सुविधाका कारण आफूले करिअरलाई निरन्तरता दिएको उनले बताए । ‘राष्ट्र बैंकले यति राम्रो सुविधा दिएको छ,’ उनी भन्छन्, ‘बैंकलाई थप बलियो बनाउने मौका मैले गुमाउन चाहिन, यो अवस्थामा बैंकले पनि मलाई छाड्न मानेन ।’ बैंकसम्बन्धि कानूनले एउटै बैंकमा एउटा सिईओ दुई कार्यकाल भन्दा धेरै रहन नपाउने प्रावधान छ । ऐन आएपछि मात्र त्यसको कार्यान्वायन हुने भएकाले जसअनुसार यो उनको दोस्रो कार्यकाल हुने छ ।

मानन्धर प्राइमका संस्थापक सिईओ हुन् । उनको कुशल व्यवस्थापकिय नेतृत्वले प्राइमले प्रगति गरेको छ । जसकारण बोर्डले उनलाई बिदा दिन मानेन । बैंकको सुरुवाती दिनमा ऋणीलाई सस्तोमा कर्जा दिने, बचतकर्तालाई धेरै ब्याज दिने, लगानीकर्तालाई उच्च प्रतिफल र कर्मचारीलाई धेरेै सुविधा दिएर बैंक चलाउने योजना उनले बनाएका थिए । तर, यो कसरी सम्भव हुन्छ ? भनेर कुरा काट्नेहरुले कुरा काटे । तर, उनले अहिले आफ्नो योजना सफल बनाएका छन् । समकालिन बैंकहरुमध्ये प्राइम बैंकका शेयरधनीले उच्च प्रतिफल पाएका छन् । सर्वसाधरणमा विश्वासिलो बैंकका रुपमा पहिचान बनाएको छ । अनाबश्यक खर्च नियन्त्रण गरी व्यवस्थापनलाई चुस्त बनाई यसरी आफूले बैंकलाई सफलता दिलाएको उनले बताए ।

अहिले राष्ट्र बैंकले दिएको सुविधालाई आफूले ठूलो अवसरका रुपमा लिएको र बैंकको इफिसेन्सीलाई कायम राख्न मुख्य चुनौती भएको उनी बताउँछन् । यसले मर्जर र एक्विजिसनको नीतिले बैंकिङ क्षेत्रलाई फाइदा हुने र बलियो बनाउने उनको विश्लेषण छ । अबको उनको प्रमुख लक्ष्य नै चुक्ता पूँजी २१ अर्ब बनाउनेमा हुने छ । जुन कुरा बैंकको साधरणसभाले समेत निर्णय गरिसकेको छ । गत आर्थिक वर्षमा प्राइम बैंकले शेयरधनीलाई एक अर्ब २० करोड रुपैयाँको बोनस शेयर दिएको थियो । यो आर्थिक वर्षमा पनि गत वर्षभन्दा प्रतिफल कम नहुने योजनाका साथ उनी काम गरिरहेका छन् ।

सफलताको आधार

प्राइम बैंकको ठूलो लगानी हाइड्रो क्षेत्रमा छ । त्यसबाहेक कृषि क्षेत्रको लगानीमा बैंकले प्राथमिकता दिदै आएको छ । ‘हामीले धेरै युवाहरुलाई व्यवसायको बारेमा परामर्श दिएरै कर्जा लगानी गरेका छौं’ उनले भने,‘धेरैलाई व्यवसायी बनाउने काम गरेका छौं ।’

प्राइम बैंकको एउटा सफलताको कारण लगानीका नयाँ नया क्षेत्र खोजी गर्दै आएको छ । दोलखाको जिरीमा चौंरी पालन व्यवसाय संकटमा थियो । त्यहाँ चांैरीको चिजको व्यवसाय निकै चर्चित छ । तर, चौंरी पाल्नेहरु घट्ने गएपछि प्राइम बैंकले नै स्थानीयहरुलाई परिचालन गरी चौंरी र चिज व्यवसायमा कर्जा लगानी गरेर व्यवसायिकता सुरु गरेको छ । अन्य जिल्लाहरुमा पाठा उत्पादन, कुखुराको चल्ला उत्पादन तथा ट्राउट माछा पालन जस्ता कृषि व्यवसायमा आफूहरुले लगानी गरेको मानन्धरले सुनाए । उनी भन्छन्, ‘जहाँ प्रतिस्पर्धा छ त्यहाँ सकेसम्म हामी पस्दनौं, नयाँ नया क्षेत्र खोज्छौं । जहाँ हामी सन्तुष्ट पनि भएका छौँ ।’

उनले न्यूरोड क्षेत्रकै उदारण थिए । सो क्षेत्रमा साना गल्लीहरुमा धेरै घरहरु छन् । बैंकहरुले मोटर जाने बाटो भएको घर÷जग्गालाई मात्र ऋण दिने नियम बनाए । जसकारण महंगो ठाउँमा घर भएका न्यूरोडबासीहरुले बैंकहरुबाट ऋण पाउन सकेका थिएनन् । उनले ‘मोटर जाने बाटो चाहिदैन, हामी कर्जा दिन्छौं’ भनेर स्थानीयलाई बोलाएर कर्जा दिन थाले । उनको यो योजना पनि सफल भयो ।

त्यस्तै काष्ठकला तथा मुर्तीकला कालिगढमा गरेको लगानी सफल भयो । उनीहरुसँग कर्जा लिन धितो थिएन । तर, सीपकै आधारमा उनले कर्जा दिए र धेरै कालिगढलाई उद्यमी बनाए । ‘हामी ग्राहकलाई ऋण्ी नभई पार्टनरका रुपमा लिन्छौं,’ बैंकको सफलताको कारण सुनाउँदै उनी भन्छन्,‘कर्जा तिर्न कहिलेकाही समस्या हुनसक्छ, त्यो अवस्थामा उनीहरुलाई च्याप्ने भन्दा बैंकलाई असर नपर्नेगरी सहजीकरण गर्दछौं ।’

प्राइम बैंकको अर्काे बिशेषता भनेको धेरै बोर्ड बैठक बस्दछ । बैठकमा उनले आफ्ना हरेक योजनाबारे छलफल गराउँछन् । जसले गर्दा पनि काम गर्न सहज भएको उनको भनाई छ । बैंकको सुशासनलाई बलियो बनाउन विभिन्न कमिटीहरु उनले बनाएका छन् ।

उनले कृषि विकास बैंकबाट आफ्नो करिअर सुरु गर्दा पैसा बोकेर हिड्दा पनि उद्यम गर्ने व्यक्ति नभेटिने उनी सुनाउँछन् । ‘अहिले नयाँ पुस्तामा केही गरौं भन्ने जोश देख्नु, एकदमै खुशी लाग्छ,’ मानन्धर भन्छन्,‘युवा वर्गलाई थप प्रोत्साहिन गर्न सक्यो भने देश बनाउन यही राम्रो मौका हो ।’ आफ्नो समयमा कुनै कुरा बुझ्न विदेश गएर किताब ल्याएर आउनुपर्ने अवस्था रहेको तर अहिले एउटा मोबाइलमा सबै कुरा रहेको उनी बताउँछन् ।

७६ वर्षको उमेरमा पनि उनको कामप्रतिको जोश उस्तै छ । हरेक कुरामा सकारात्मक दृष्टिकोण राख्ने उनको जीवनमा बिन्दास छ । त्यसो त उनको मेहनतको कदर पनि भएको छ । उनले विभिन्न अन्तराष्ट्रिय अवार्ड पाएका छन् । तर, आवेदन दिएर अवार्ड लिने बानी उनको छैन ।

प्रस्तुतीः पार्वती धरेल

प्रतिक्रिया दिनुहोस्