
काठमाडौं । विपन्न किसान र श्रमिकले उद्यम गर्न बढीमा ८ प्रतिशत ब्याजदरमा सरकारबाट सहुलियत ऋण पाउने भएका छन् ।
सरकारले राष्ट्रिय लघुवित्त कोष स्थापना गरेर सहसलियत ब्याजदरमा ऋण दिने कार्यविधि तयार पारेको छ । राष्ट्रिय लघुवित्त कोष सञ्चालन कार्यविधिमा ५ अर्बको कोष स्थापना हुने र त्यही कोषमार्फत् विपन्न वर्गका ७० लाख नागरिकलाई सहुलियत ऋण दिने उल्लेख छ ।
नेपालको कृषि क्षेत्रको रुपान्तरणका लागि सहज र सरल किसिमको कृषि कर्जा उपलब्ध गराउन लागिएको अर्थमन्त्रालयका विज्ञ सल्लाहकार डा. शालिकराम पोखरेलले जानकारी दिए । संघमा लघुवित्त कोष स्थापना भएपछि प्रत्येक पालिकाका लघुवित्त र सहकारीले ऋणका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन दिँदा उनीहरुले किसान या मजदुरले गर्न चाहेको उद्यमको विवरण पेश गर्नुपर्ने हुन्छ । १ व्यक्तिले ५ देखि ७ लाख ऋण पाउने कार्यविधिमा उल्लेख छ ।












