काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । आज (मंगलबार) नेपाल निवास कोटेश्वरमा दुई नेताबीच छलफल भएको हो ।

चुनावी घोषणा पत्र निर्माण र एकता संयोजन समितिमा रहने नेताहरुबारे छलफल भएको स्रोतले जानकारी दिएको छ । मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एउटै घोषणा पत्र लिएर जान एकीकृत समाजवादी र माओवादीबीच सहमति जुटेको छ ।
‘उहाँहरुबीच एकता संयोजन समिति निर्माण र चुनावी घोषणापत्र बनाउने विषयमा छलफल भएको हो,’ स्रोतले भन्यो, ‘दुई नेताबीच पछिल्लो राजनीतिबारेमा छलफल त हुने नै भयो ।’














