काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बारा २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । जसपा बारा क्षेत्र नम्बर २ कमिटीको बैठकले यादवको नामसमेत सिफारिस गरेको हो ।

यादवसँगै रामसहायप्रसाद यादव र प्रयाग रायको नाम पनि उक्त क्षेत्रबाट सिफारिस गरिएको छ । बारा २ मा यसअघि रामसहायले जितेका थिए । उपेन्द्र भने सप्तरी २ बाट निर्वाचित भएका थिए ।














