Logo
Logo

ज्ञानेन्द्र र रोहितको सानदार ब्याटिङमा केन्यालाई कठिन लक्ष्य


819
Shares

काठमाडौं । केन्याविरुद्धको पाँचौँ तथा अन्तिम टी-२० अन्तरराष्ट्रिय क्रिकेटमा नेपालले १ सय ७६ रनको कठिन लक्ष्य दिएको छ ।

नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले २० ओभरमा पाँच विकेट गुमाउँदै १७५ रन बनायो ।

ओपनर ज्ञानेन्द्र मल्ल र अर्जुन साउदले नेपाललाई राम्रो सुरुवात दिलाए । नेपालका ज्ञानेन्द्र मल्ल ४४ बलमा ५ चौका र २ छक्कासहित ५९ रनमा अविजित छन् । अर्जुन साउद २१ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा आउट भए ।

रोहित पौडेलले २५ बलमा ७ चौकासहित ४७ रनमा आउट भए । ओपनर अर्जुन साउद २१ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा आउट भए ।

अर्जुन शेम न्गोचेको आठौं ओभरको अन्तिम बलमा विकेटकिपर इफरान करिमबाट स्टम्पिङ आउट भए । नियमित ओपनर पवन सरार्फको स्थानमा नेपालले आज ज्ञानेन्द्रलाई ओपनिङ गराएको थियो ।

तेस्रो नम्बरमा आएका दीपेन्द्रसिंह ऐरी १७ बलमा ३ चौकासहित २२ रनमा आउट भए । पवन १ रन, विवेक यादव २ र आदिल अन्सारी ४ रनमा आउट भए ।

केन्याका स्पिनर विरज पटेल, शेम न्गोचे र नेहेम्याह ओधियाम्बो दुई दुई विकेट लिए । पाँच टि२० आई खेलको सिरिज २–२ को बराबरी अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्