Logo
Logo

नेपालले जित्यो टि-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला


630
Shares

काठमाडौं । पाँचौं टि-२० आई खेलमा नेपालले केन्यालाई ३१ रनले हराउँदै सिरिज जितेको छ । नेपालले पाँच टि-२० आई खेलको सिरिज ३-२ ले जित्न सफल भएको हो ।

जितको लागि १ सय ७६ रनको बलियो लक्ष्य पाएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रन बनायो ।

केन्याका नेहेम्याह ओधियाम्बोले २२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाए । कप्तान शेम न्गोचे १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रनमा अविजित रहे । नेल्सन ५ बलमा १ चौका र १ छक्कासहित १३ रनमा अविजित रहे । विकेटकिपर इफरान करिम २८ र कोलिन्स ओबुयाले २३ रन बनाए ।

नेपालका सन्दीप लामिछाने र बसिर अहमदले समान दुई दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी र करण केसीले एक एक विकेट लिए ।

त्यसअघि नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो ।

नेपाल पहिलो खेलमा ५ विकेटले विजयी हुँदा दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । तेस्रो खेलमा ४ विकेटले विजयी हुँदा चौथो खेलमा ७ रनले स्तब्ध भएको थियो ।

अव तीन एकदिवसिय अभ्यास खेलको सिरिज हुनेछ । पहिलो खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्