Logo
Logo

मोबाइल, रक्सी र गाडी आयातमा प्रतिबन्ध कायमै


252
Shares

काठमाडाैं। सरकारले आयातमा प्रतिबन्ध लगाएका १० मध्ये ६ वटाको प्रतिबन्ध फुकुवा गरेको छ ।

प्रतिबन्ध लगाइएका कुरकुरे/कुरमुरे/लेज, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, तास, खेलौना र ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजनको आयात बन्देज खुला भएको हो ।

सबै प्रकारका तयारी रक्सी, ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, जीप, कार र भ्यान र १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा प्रतिबन्ध कायमै छ । यी वस्तुको आयात प्रतिबन्ध असोज २८ गतेसम्म कायम रहनेछ ।

आयात बढ्दै जाँदा विदेशी मुद्राको सञ्चिति घट्दै गएको र व्यापार घाटा पनि फराकिलो बन्दै गएको कारण देखाउँदै सरकारले वैशाख १४ गते १ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्