Logo
Logo

चिरिञ्जवी र सलमान खान नेपाल आउँदै



काठमाडौं । बलिउड फिल्म ‘गडफादर’को छायाँकन जोमसोम आसपासमा हुने भएको छ । फिल्ममा दक्षिण भारतीय सुपरस्टार अभिनेता चिरञ्जीवी र बलिउड सुपरस्टार सलमान खान मुख्य भूमिकामा रहेका छन् ।

फिल्म ‘गडफादर’मा दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवीको मुख्य भुमिका रहने छ भने सलमान खानले उनको भाईको भूमिकामा अभिनय गर्ने बताइएको छ ।

यस्तै, फिल्ममा मुख्य नायिकाका रुपमा नयन ताराले अभिनय गर्दैछिन् । दुवै अभिनेता आगामी सेप्टेम्बरमा फिल्म ‘गडफादर’को सुटिङका लागी नेपाल आउने निर्माणपक्षले जानकारी गराएको छ ।

फिल्मको निर्माण टिमको एक टोली नेपाल आएर उनीहरूले सुटिङ गर्न चाहेको जोमसोम क्षेत्रको अवलोकन गरिसकेका छन् । अवलोकन टिममा भारतीय र दक्षिण भारतीय फिल्म उद्योगमा संलग्न राजेन्द्र घिमिरेको समेत सहकार्य रहेको थियो ।

‘गडफादर’मा लाइन प्रड्युसरका रूपमा संलग्न घिमिरेका अनुसार चिरञ्जीवी र सलमान दुवै नेपाल आउने छन् । उनका अनुसार निर्माण टोलीले जोमसोम एयरपोर्ट क्षेत्र मन पराएपछि नेपालमा सुटिङ हुने पक्का भएको हो ।

प्रतिक्रिया दिनुहोस्