Logo
Logo

एउटा व्यक्तिका कारण नेपाल एयरलाइन्स समाप्त हुँदैछ : पर्यटनमन्त्री


4.8k
Shares

काठमाडौं । पर्यटनमन्त्री जिवनराम श्रेष्ठले नेपाल एयसलाइन्सका अध्यक्ष युवराज अधिकारीले सिंगो संस्था नै समाप्त गर्न लागेको बताएका छन् ।

अधिकारीले प्राइभेट कम्पनि चलाए जसरी नेपाल एयरलाइन्स चलाएको उनको भनाइ छ । बुधबार एकीकृत समाजवादी पर्यटन विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले नेतृत्वले नेपाल एयसलाइन्स थला परेकाे बताए ।

‘मन्त्री भएर यस्तो कुरा के गर्नु, सरकारसँग ४७ अरब ऋण लिएर जहाज किनेकाे छ । तर डोमेस्टिक एउटा चलेको छ, अरु थन्केका छन् । ४ वटा विदेश उड्नेमध्ये २ वटा मात्रै चलेको छ । कहिले इन्जिन बिग्रियो भनेको छ । कहिले के भनेको छ । बनाउनेतर्फ ध्यादै दिदैन,’ उनले भने, ‘नारिता जाने भाडा १ लाख २५ हजार लिनुपर्नेमा २ लाख लिन्छ । अनलाइनमा लैजाउ भन्दा मान्दैन ।’

यसरी अध्यक्षले सरकारसँग समन्वय नगर्ने अनि सरकारले गरेको निर्णय कार्यानवयन हुन नसक्ने भइरह्यो भने नेपाल एयरलाइन्स समाप्त हुने उनकाे भनाइ थियाे ।

विकृति सुधार्न र नेपाल एयसलाइन्सलाई बचाउन अध्यक्षलाई निलम्बन गरेपनि अदालतको आदेशले उनी फर्किएपछि झन् चुनौति थपिएको मन्त्री श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्