Logo
Logo

चोलेन्द्रले सीमाबाहिर गएर बोल्न खोज्नुभयो : मिन विश्वकर्मा


10.5k
Shares

काठमाडौं । महाभियोग सिफारिस समितिका सदस्य मिनबहादुर विश्वकर्माले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उनीमाथि गरिएका प्रश्नहरुको जवाफ दिने क्रममा सीमबाहिर गएर बोल्न खोजेको आरोप लगाएका छन् ।

समितिमा बयानका क्रममा आफ्नो प्रतिरक्षा गर्दै राणाले राजनीतिक रूपले नियुक्ति भएका न्यायाधीशहरूका कारणले आफूले एकमतले निर्णय गर्न नसकेको कुरा राखेका थिए ।

नेपाली काँग्रेसका सचेतक समेत रहेका विश्वकर्माले राणाले आफ्नो दोष अरूको टाउकोमा पन्छाउन खोजेपछि आफूहरूले संविधानको धारा १३६ का अनुसार न्यायपालिकामा भएका सबै निर्णयहरूको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ कि पर्दैन भनेर प्रश्न गरेको बताए ।

‘जवाफमा राणाले मैले बोल्ने क्रममा मात्र त्यसो भनेको हुँ । म जिम्मेवारी लिन्छु भनेर भन्नुभयो,’ उनले राणाको भनाई उद्धृत गर्दै भने ।

प्रतिक्रिया दिनुहोस्