१५ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाटै प्रतिनिधिसभा निर्वाचन लड्ने बताएका छन् ।

कास्की-१ मा समेत थापालाई उम्मेदवार बनाउनुपर्ने भन्दै आवेदन परेपछि उनले आफ्नो उम्मेदवारीबारे बोलेका हुन् । महामन्त्री थापाले भनेका छन्, ‘मैले काठमाडौं ४ बाट नै उम्मेदवारी दिने तयारी गरिरहेको छु र स्वभाविक रुपा म उम्मेदवार हुने यहीँबाट हो ।’
आफूप्रति देखाएको सद्भावका लागि धन्यवाद दिँदै थापाले फेसबुकमा लेखेका छन्, ‘कास्की क्षेत्र नं.१मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नुभएकोमा त्यो सद्भावका लागि धन्यवाद ! मैले काठमाडौँ निर्वाचन क्षेत्र नं.४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो ।’














