
१. मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँट गर्न सत्तरुढ गठबन्धनलाई सकस, गठबन्धनका शीर्ष नेताहरुको बैठक निष्कर्षविहिन, कुनै पनि दलका नेताहरु आ–आफ्नो दाबीबाट दायाँबायाँ भएनन्, बिहीबार पुनः बस्ने गरी बैठक अन्त्य ।

२. नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल, सरकारद्वारा प्रस्तुत नागरिकता विधेयकलाई लिएर अनावश्यक राजनीतिकरण गरिनु दुःखद् भएको प्रचण्डको भनाइ, जन्मसिद्ध नागरिकका सन्तति राज्यविहीन बन्ने अवस्था अन्त्य गर्न विधेयक ल्याइएको तर्क ।

३. आगामी निर्वाचनमा नेपाली कांग्रेसले १०० सिटको अडान नछोड्ने निष्कर्ष, गठबन्धन गर्दा पार्टीले आफ्नो हैसियतलाई पनि ध्यानमा राख्नुपर्ने सुझाव, सिट अर्को दललाई छोडेर गठबन्धन गर्नु नहुने शेखर कोइरालाको भनाइ, १०० सिटको अडानबाट तल झरे पार्टीभित्र विद्रोह हुन सक्ने चेतावनी, लोसपालाई समेत गठबन्धनमा सामेल गर्नुपर्ने विमलेन्द्र निधिको सुझाव ।

४. महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान बिहीबार पनि लिने, आफूविरुद्ध लगाइएको महाअभियोगको औचित्य समाप्त भइसकेको तर संसदको गरिमाको ख्याल गरेर बयानका लागि उपस्थित भएको चालेन्द्रको भनाइ, आफूलाई हटाएर दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन लागेको दाबी, न्यायाधीश हरिकृष्ण कार्कीले स्वार्थ मिलेका मुद्दा मात्र हेर्ने गरेको आरोप ।

५. सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट पारित, एमाले सांसद देवेन्द्र दाहाल, भगवती न्यौपाने र भैरसुन्दर श्रेष्ठद्वारा विधेयकका केही बुँदामा फरक मत, विधेयक परिमार्जन, संशोधन तथा राष्ट्रपतिबाट उठाइएका विषय सम्बोधन गर्न नसकिने गृहमन्त्री बालकृष्ण खाणको भनाइ ।

६. गठबन्धनमा सन्तुलित तथा न्यायोचित ढङ्गबाट सिट बाँडफाँट गर्नुपर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, संविधान रक्षाका लागि विगतमा आफूहरूले राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिकाको अवमूल्यन गर्न खोजिए स्वीकार्य नहुने चेतावनी, गठबन्धनमा आफूहरूलाई अपमान गर्न खोजिएको तर्क, गठबन्धन गरेर आफ्नो पार्टी कसैका लागि भ¥याङ मात्र नहुने अभिव्यक्ति ।

७. मिटरब्याजी सुदखोरविरुद्व संघर्षरत किसान र मजदुरहरूद्वारा न्यायको याचना गर्दै ‘किसान–मजदुर मार्च’ गर्ने घोषणा, न्यायका लागि बोलिदिन सबै सामाजिक न्यायप्रेमीहरूसँग आह्वान, सरकारले तत्काल ऋण मिनाहा गरी विगतमा ऋण रकमभन्दा बढी रकम तिरिसकेकाहरूलाई सो रकम फिर्ता गराइदिन माग ।

८. नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनलाईलाई तिनुपर्ने बक्यौता रकम २६ अर्ब ४० करोड पुग्यो, निगमले वार्षिक ७.१ प्रतिशत ब्याज तिर्नुपर्ने, निगमलाई १५ दिनमा ३१ करोड नोक्सानी, पुरानो बक्यौतामा नोक्सानीको रकम र ब्याज समेत जोडिँदै जाँदा निगमको दायित्व दैनिक बढ्दै, निगमलाई दैनिक ५१ लाख ३५ हजार रुपैयाँ ब्याज ।

९. टि-२० वरीयतामा नेपाल एक स्थान तल झर्यो, आईसीसीले सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल एक स्थान तल झर्दै १६ औँ स्थानमा, केन्याविरुद्धको पाँच खेलको टि–ट्वान्टी सिरिजको उपाधि जितेपनि नेपालको वरीयता खस्कियो, एकदिवसीय वरीयतामा ने नेपाल १९ औँ स्थानमा, टी–२०को नयाँ वरीयतामा भारत शीर्ष स्थानमा ।

१०. अफगानिस्तानबाट सेना फिर्ता गर्नु गल्ती भएको अमेरिको भनाइ, युद्धग्रस्त युक्रेनको आणविक ऊर्जा केन्द्रतर्फ राष्ट्रसंघका अनुगमन अधिकारी जाँदै, युद्ध क्षेत्रको बीचमा रूसको नियन्त्रणमा रहेको सुविधालाई सुरक्षित गर्न र विपत्तिबाट बच्न मद्दत गर्ने आशा, अफगानिस्तानप्रति उचित नीति अपनाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह ।















