Logo
Logo

ओस्कर अवार्डका लागि आवेदन माग



काठमाडौं । द एकेडेमी अफ मोसन पिक्चर एण्ड साइन्सेजले ९५औं ओस्कर अवार्डका लागि आवेदन खुलाएको छ ।

नेपालस्थित ओस्करको अन्तर्राष्ट्रिय फिचर फिल्म छनौट समितिले सूचना जारी गर्दै भदौ ३० गतेभित्र फिल्म बुझाउन आग्रह गरेको हो । सन् २०२२ जनवरी १ देखि नोभेम्बर ३० सम्म हलमा एकसाता चलेका फिल्मले मात्र भाग आवेदन दिन पाउनेछन् ।

कोरोना महामारीका कारण हलमा फिल्म रिलिज हुन नसक्दा गतवर्ष नेपालबाट कुनै फिल्म सिफारिस भएका थिएनन् । तर, यसपटक सिफारिसको प्रतिस्पर्धामा कम्तीमा ६ भन्दा बढी फिल्मले भाग लिने अनुमान गरिएको छ ।

ओस्कर अवार्ड समारोह मार्च १२ मा अमेरिकाको लस–एन्जल्समा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्