Logo
Logo

बैंक अफ काठमाडौँको नाफा एक अर्ब ९३ करोड


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । बैंक अफ काठमाडौंले गत आर्थिक बर्ष २०७५÷०७६ मा ४०.६७ प्रतिशतले खुद नाफामा वृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्ष आर्थिक बर्षको भन्दा गत आर्थिक बर्ष ६१ करोड ७० लाख रुपैयाँले खुद नाफा बढाए १ अर्ब ९३ करोड खुद नाफा आर्जन गरेको हो ।

बैंकद्धारा सार्वजानीक वितीय विवरण अनुसार गत आर्थिक बर्षमा ८२ अर्ब ९३ करोड निक्षेप संकलन गरी बैंकले ७१ अर्ब ७३ करोड कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ३ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । ब्याज आम्दानी ७१ करोड ५३ लाखले बढेको हो ।

यस्तै, बैंकको शेयरधनीलाई लाभांश वितरणयोग्य मुनाफा १ अर्ब ३० करोड २ लाख रुपैयाँ छ । वितरणयोग्य मुनाफाबाट बैंकले शेयरधनीलाई १६ प्रतिशतसम्म लाभांश बाड्ने क्षमता कायम गरेको छ । साथै, बैंकको शेयरधनी कोष ८५ करोडबाट बढेर १ अर्ब ३९ करोडमा पुगेको छ । गत आवमा बैंकले कुनैपनि शेयर प्रिमयम संकलन गरेको थिएन । बैंकको जगेडा कोषको अघिल्लो आवको तुलनामा ९४ करोडले वृद्धि भई ४ अर्ब ५५ करोड सञ्चित भएको छ ।

गत आवमा बोनस वितरण गरेर आठ अर्ब ६ करोड ३१ लाख चुक्ता पूँजी कायम गरेको बैंकको प्रतिशेयर आम्दानीमा ५ रुपैयाँ ३६ पैसा बढोत्तरी आएको छ । अघिल्लो आवमा १८ रुपैयाँ ६८ पैसा इपिएस रहेको बैंकको २४ रुपैयाँ ४ पैसा पुगेको हो ।

यसैगरि, बैंकको खराब कर्जा अनुपात १.५ प्रतिशत, कर्जा निक्षेप अनुपात ७५.०८ प्रतिशत, पूँजीकोष अनुपात १४.५८ प्रतिशत, कोषको लागत ७.२६ प्रतिशत, आधार ब्याजदर ९.९८ प्रतिशत, प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ७२ पैसा, र मुल्य आम्दानी अनुपात १०.६१ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्