Logo
Logo

सन्यास लिएपछि टेनिस स्टार सेलेनाले भनिन्- पछि के हुन्छ, कसैलाई थाहा हुँदैन


एजेन्सी

882
Shares

काठमाडौं । अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले टेनिसबाट सन्यास लिएकी छन् । उनले शुक्रबार युएस ओपनमा आफ्नो अन्तिम खेल खेलिन् र सन्यास लिएको घोषणा गरेकी हुन् ।

न्युयोर्कमा भएको उक्त खेलमा सेरेना विलियम्स अस्ट्रेलियाकी आयला टोमियानोविचसँग हारेकी थिइन् । तर, यो खेल उनका लागि यादगार बनेको छ ।

खेलपछि भावुक मुद्रामा देखिएकी उनले हात हल्लाउँदै मानिसहरूबाट बिदा भइन् । ४१ वर्षीया विलियम्सले आफ्नो २७ वर्षको उत्कृष्ट करियरलाई अन्त्य गर्दैै गर्दा आँशु थाप्न सकिनन् । कोर्टको बिचमै अन्तरवार्ता दिइरहँदा उनको आँखाबाट आँसु छल्किएको थियो । उनले आफ्नो परिवार, टिम, दर्शक र आफ्नो प्रशंसकलाई समर्थनका लागि धन्यवाद दिइन् ।

‘मलाई वर्षौँदेखि दशकौँसम्म सहयोग गरेकोमा यहाँ उपस्थित सबैलाई धन्यवाद दिन चाहन्छु’ उनले भनिन्, ‘दशक बित्यो तर मलाई विश्वास लाग्दैन ।’

उनलाई यो हप्ता आफ्नो प्रदर्शनलाई ध्यानमा राख्दै अवकाशको निर्णयमा पुनर्विचार गर्ने हो कि भनेर सोधिएको थियो । तर, उनले भनिन्, ‘म यसमा आफ्नै तरिकाले खेलिरहेको थिएँ र राम्रो हुँदै गइरहेको थिएँ । मलाई लाग्दैन कि म फेरि सोच्नेछु तर पछि के हुन्छ, कसैलाई थाहा हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्