काठमाडौं । केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले जितेको छ ।

शनिबार भएको दोस्रो एकदिवसीयमा केन्यालाई १७ रनले हराउँदै नेपालले तीन खेलको सिरिज एक खेल अगावै जितेको हो ।
नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६ ओभर ३ बलमा सम्पूर्ण विकट गुमाउँदै मात्र २१३ रन बनायो ।
त्यस्तै, नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । सोमपाल कामीले तीन विकेट लिँदा करण केसी र आदिल अन्सारीले एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २३० रन बनाएको थियो । नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ७८ रन बनाए । देव खनालले ३७ तथा सोमपाल कामीले २६ रनको योगदान दिए । ज्ञानेन्द्र मल्लले २५ रन बनाए











