Logo
Logo

ला लिगा : रियल र बार्सा विजयी


504
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लगातार चौंथो जित निकालेको छ ।

गएराति भएको खेलमा रियलले रियल बेटिसलाई २-१ गोल अन्तरले हराएको हो । रियलको जितमा भिनिसीयस जुनियर र रोड्रिगोले एक एक गोल गरे । बेटिसका सेर्जियो कानालेसले एक गोल फर्काए ।

जितसँगै रियल १२ अंक सहित शीर्ष स्थानमा छ । बेटिस ९ अंक जोडेर तेस्रो स्थानमा छ । गएराति नै भएको अर्को खेलमा बार्सिलोनाले सेभियालाई ३-० गोलले पराजित गरेको छ ।

बार्सिलोनाको जितमा राफिन्हा, रोबर्ट लेवान्डोस्की र एरिक ग्रासियाले १-१ गोल गरे । यो जितसँगै बार्सिलोना ४ खेलबाट १० अंक जोडेर लिगको दोस्रो स्थानमा छ । पराजित सेभिया ४ खेलबाट एक अंकसहित १७ औँ स्थानमा छ ।

त्यस्तै मालोर्का र जिओनाले एक-एकको बराबरी खेल्दा रियल सोसिडाडा र एथ्लेटिको मड्रिड पनि १-१ को बराबरीमा रोकिए ।

प्रतिक्रिया दिनुहोस्