Logo
Logo

अञ्जु र विरहीको स्वरमा ‘मायाको ढाको खोलिदेउ’ (भिडियोसहित)



काठमाडौं । गायक बिरही कार्कीको पछिल्लो सांगीतिक कोशेली ‘मायाको ढोका खोलिदेउ’ एक समारोहबीच लोकार्पण गरिएको छ ।

म्यूजिक खबरको आयोजनामा नयाँबानेश्वरस्थित एभरेष्ट लाउन्जको सभाहलमा आयोजित कार्यक्रममा संगीतकार शिखर पुरुष, बरिष्ठ गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यता उक्त गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा गायक बिरही कार्कीको साथमा लोकप्रिय गायिका अन्जु पन्तको स्वर रहेको छ । गीतको शब्द तथा संगीत गायक कार्कीकै रहेको छ भने श्यामश्वेत रसाइलीको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गीतलाई प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

शंकर बिसीको निर्देशन तथा नृत्य निर्देशनमा तयार भएको भिडियोमा सागर लम्साल ‘बले’ र शिल्पा पोखरेलको अभिनय रहेको छ । करण चैसिरले छायांकन गरेको भिडियालाई नबिन घर्ती मगरले सम्पादन गरेका हुन् ।

कार्यक्रममा बरिष्ठ गीतकार डा. राजुबाबु श्रेष्ठ गायक, गीतकार संघका उपाध्यक्ष बसन्त वित्यासी थापा, सञ्चारकर्मी एवं सामाजिक अभियन्ता कृष्ण कँडेल, एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइराला, गायिका अन्जु पन्त, अभिनेत्री शिल्पा पोखरेल, मोडल सागर लम्साल बलेलगायतको उपस्थिति थियो ।

अतिथिहरुलाई सञ्चारकर्मी सुमन बैरागी पण्डितले स्वागत गरेका थिए । म्युजिक खबरकी प्रकाशक÷सम्पादक सबिता पोखरेलेको सभापतित्व कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्