Logo
Logo

केन्या भ्रमणकाे अन्तिम खेल खेल्दै नेपाल


693
Shares

काठमाडौं । सोमबार नेपालले घरेलु टोली केन्यासँग तेस्राे एक दिविसय खेल खेल्दैछ ।

नेपालकाे केन्या भ्रमण तथा सिरिजकाे खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सवा १२ बजे सुरु हुने छ । नेपालले यसअघि नै शृंखला आफ्नो पक्षमा पारिसकेको छ ।

नेपालले केन्यालाई पहिलो एक दिवसीयमा ७ विकेटले र दोस्रो एक दिवसीयमा १७ रनले पराजित गरेको थियो ।

त्यसअघि भएको ५ खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला पनि नेपालले ३-२ ले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्