Logo
Logo

एकदिवसीय सिरिजमा नेपालद्वारा क्लिन स्विप


945
Shares

काठमाडौं । केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले क्लिन स्विप गरेको छ । नेपालले यसअघि पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।

तेश्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा घरेलु टोलीलाई ६ विकेटले हराउँदै नेपालले शृंखला क्लिन स्वीप गरेको हो । नेपालले जितका लागि पाएको २५६ रनको लक्ष्य ४७.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपाललाई जिताउन ओपनरद्वय अर्जुन साउद र आसिफ शेख तथा बसिर अहमदले अर्धशतकीय पारी खेलेका थिए । साउद ५८ तथा शेख ५६ रनमा आउट भए भने अहमद ५२ रनमा नट आउट रहे । नट आउट रहेका अर्का ब्याट्सम्यान रोहितकुमार पौडेलले ४६ रन बनाए । ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट भए ।

नेपालका सोमपाल कामी र अदिल अन्सारीले समान २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्