
काठमाडाैं । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात देशले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’ मा नेपाल, श्रीलंका र भुटान छन् । समूह ‘बी’ मा भारत, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स छन् ।
नेपालका कप्तान एन्जिला तुम्बापो सुब्बाले घरेलु समर्थक र मैदानको फाइदा उठाउँदै खेल्ने र उपाधि जित्ने बताएकी छिन् ।











