
काठमाडाैं। नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ ।
बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गर्ने तयारी गरेको हो । घटनाको अनुसन्धानमा सहयोग गर्न उनलाई निलम्बन गर्न लागिएको क्यानका एक उच्च अधिकारीले बताए ।
भोलि बिहानसम्म सन्दीपको विषयमा निर्णय गर्ने क्यानले जनाएको छ । सन्दीप अहिले क्यारेबियन क्रिकेट लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन् ।











