Logo
Logo

हलिउड अभिनेता मोर्गनले भने- दशैंको परम्परामा डुब्न पाएको क्षणलाई बिर्सने छैन



काठमाडौं । हलिउड अभिनेता मोर्गन फ्रिम्यानले नेपालीको पर्व दशैँ सम्झँदै नेपालीहरुबाट पाएको मायालाई आफूले कहिल्यै विर्सन नसक्ने बताएका छन् ।

तीन वर्षअघि टेलिभिजन शो ‘स्टोरी अफ गड’ छायांकनका लागि उनी नेपाल आएका थिए । अभिनेता मोर्गनले ती क्षणलाई उनले दशैं नजिकिएको समयमा स्मरण गरेका छन् ।

नेपाली ढाकाटोपीमा अभिनेता मोर्गन फ्रिम्यान

नेपाली ढाकाटोपी लगाएर फोटो खिचाएको र पिङ खेलेका तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै उनले ‘स्टोरी अफ गड’को छायाँकनको क्रममा आफ्नो काठमाडौंको यात्रा र दशैंको परम्परामा पूर्णतया डुब्न पाएको बताएका छन् ।

उनले लेखेका छन्, दशैंको दुई साता लामो उत्सव नेपालीहरुका आधारभूत मान्यताहरुभन्दा माथि रहेर रुपक र शाब्दिक रुपमा पनि महत्वपूर्ण छ । दशैं खराबीभन्दा माथि राम्रोको विजयभन्दा पनि माथि हो । यसले हामीभित्रका अन्तद्र्वन्द्वलाई स्वीकार्दै र संसारमा असफलतालाई स्वागत गर्न हाम्रो आत्मालाई मुक्त गर्दैछ । स्टोरी अफ गडको छायांकनको क्रममा मेरो काठमाडौं यात्रा र दशैंको परम्परामा पूर्णतया डुब्न पाएको त्यो क्षणलाई म कहिल्यै बिर्सने छैन ।’ नेसनल जोग्राफिकको उक्त शोको छायांकनका लागि त्यसबेला मोर्गनसहित हलिउड टोली नेपाल आएको थियो ।

आवाजका कारण चर्चा बटुलेका ८५ वर्षीय अभिनेता मोर्गनले फिल्म ‘इन्भिक्ट्स’मा लोकप्रिय दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलको भूमिका निर्वाह गरेका छन् । सन् २००४ को फिल्म ‘मिलियन डलर बेबी’बाट उनले सर्पोटिङ एक्टरमा ओस्कार जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्