Logo
Logo

बलात्कारलाई व्यवसाय बनाउनेको भण्डाफोर गर्नु जरुरी छ : शिव परियार



काठमाडौं । चर्चित गायक शिव परियारले नेपालमा मौलाएको बलात्कार व्यायवसायको भण्डाफोर गर्नु जरुरी रहेको बताएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि एक जना १७ वर्षीय बालिकाले बलात्कारको आरोप लगाउँदै मंगलबार प्रहरीकोमा उजुरी दिएपछि गायक परियाले सो कुरा बताएका हुन् ।

उनले सामाजीक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै यस्तो गिरोहको समयमै उपचार नगरे नेपाल बलात्कारीहरुको देश हो भन्ने नजिर स्थापित हुन बेर नलाग्ने बताए । ‘नेपाल सरकार, यो पेशेवर पीडित भनौंदाहरुलाई पनि व्यस्थित गरी कारवाहि गर्ने कुनै कानुनको धारा होला नी रु कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ रु यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारीहरुको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो, कृपया अनुसन्धान होस्,’ गायक परियारले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

अहिलेकै अवस्था रहे प्रधानमन्त्री, मेयर, कलाकार,संस्कृतविद्, वैज्ञानिक, किसान, शिक्षाविद्, खेलाडी, सामाजसेवी सबैमाथि बलात्कारको आरोप लाग्ने र नेपाल बलात्कारीको देश भनेर विश्व मानचित्रमा दर्ज हुने धारणा उनले व्यक्त गरेका छन् ।

‘यी बलात्कारी गिरोहको पर्दाफास र सन्निकट हुन जरुरी देख्दछु म । कृपया यति बेला सबै बर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरुले नेपालमा मौलाएको बलात्कार व्यावसायको भण्डाफोर गर्न जरुरि देख्दछु । अनुसन्धानबाट नियतबस बलात्कारी नै हो भने कानुनतः छुट नहोस तर देशका सबै आइकनलाई सिध्याउने नियत सहितको अवस्था हो भने नेपाल सरकार, नेपाल प्रहरि र अदालत सबै निकाय यस बिषयमा संवेदनशिल हुनु पर्ने अवस्था देख्दछु,’ गायक परियारले फेसबुकमा लेखेका छन् ।

<

प्रतिक्रिया दिनुहोस्