Logo
Logo

बुटबलमा १५ लाख बराबरको अवैध चिनी बरामद



बुटवल । भन्सार छली ल्याइएको १८६ बोरा चिनी बरामद गरी प्रहरीले भैरहवा भन्सारलाई जिम्मा लगाएको छ । 

बुधबार करिव ५ बजे रूपन्देहीको बुटवल उपमहानगरपालिका  वडा नम्बर १७ रानीगञ्ज जनशक्ति टोलका नारायणी न्यौपानेको घरमा लुकाई राखिएको र गाडीमा लोड अनलोड गर्दै गरेको अवस्थामा प्रहरीले चिनी बरामद गरेको हो ।

भन्सार छली चिनी ओसार पसार हुने गरेको सूचनाको आधारमा सवारी चेकजाँच तथा शंकास्पद स्थानहरूको खानतलासी गर्दा प्रहरीले अवैध चिनी फेला पारेको हो ।

लु ३ च १७७८ नम्बरको पिकअप र लु १ ख ८६५५ नम्बरको मिनिट्रकमा राखिएको बिल बिजक बिनाको चिनी प्रहरीले बरामद गरेको हो । बरामद गरिएको चिनीको मूल्य अन्दाजी १५ लाख रुपैयाँ रहेको प्रहरीले जानकारी दिएको छ ।

बरामद गरिएको चिनी, अवैध काममा प्रयोग गरिएको चिनी र चालकलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भैरहवा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्