Logo
Logo

ग्रामीण अर्थतन्त्रमा लगानी गर्न आग्रह


378
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको नीजि क्षेत्रलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन एसियाली बिकास बैंक (एडीबी) सँग आग्रह आग्रह गरेको छन् ।

एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाषासँगको भेटमा मन्त्री शर्माले नेपालको ग्रामीण अर्थतन्त्रमा लगानी गर्न उनले आग्रह गरे । ‘नीजि क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन हो । सरकारले उक्त क्षेत्रको बिकासलाइ उच्च प्राथमिकतामा राखेको छ ।’

नेपाल सन् २०२६ सम्ममा अतिकम विकसित देशबाट स्तरोन्नति हुँदै गरेकाले उक्त लक्ष हासिल गर्न नीजि क्षेत्रको योगदान महत्वोपूर्ण हुने बताए । नेपालमा हरित अमोनिया, हाइड्रोजन जस्ता बैकल्पित उर्जा उद्योगमा सहयोग गर्न अनुरोध पनि गरे ।

मन्त्री शर्माले नेपालको ग्रामिण अर्थतन्त्रलाइ माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधार क्षेत्र लगायतमा लगानी आवश्यक भएकाले सहयोग बढाउँन अनुरोध गरे । कोभिडको महामारीका बेला एसियाली बिकास बैंकले गरेको सहुलियतापूर्ण ऋण र अनुदान सहयोगका लागि धन्यवाद दिए ।

उपाध्यक्ष अशोक लाभाषाले एडीबीले नेपाली जनताको सहयोगका लागि सधैँ हातेमालो गर्ने बताए । आफु नेपाल सरकार र निजि क्षेत्रलाइ सहयोग गर्न तयार रहेको उनको भनाइ छिथयो ।

प्रतिक्रिया दिनुहोस्