Logo
Logo

साइबर क्राइममा आइटी कम्पनीका सिइओ पक्राउ


97.6k
Shares


काठमाडौं । साइबर क्राइमको अपराधमा एक आइटी कम्पनीका सिइओ पक्राउ परेका छन् । ललितपुरस्थित जिनिज सोलुसन प्रालिका सिइओ प्रशन्न पोखरेललाई प्रहरीको साइबर ब्यूरोले बुधबार पक्राउ गरेको हो ।


अर्काे कम्पनीको डेटाहरु चोरको अभियोग उनीमाथि छ । पोखरेल पहिला सुन्दर ग्रुप अफ कम्पनीमा काम गर्दथे । त्यहाँ काम गर्दा उनले सम्पूर्ण डाटाहरु लिएको र त्यसलाई अहिलेको जिनिज कम्पनीको वेभसाइडमा प्रयोग गरेको आरोप छ । सोही कम्पनीको उजुरीका आधारमा पोखरेललाई पक्राउ गरी साइबर अपराध मुद्दामा कारबाही अघि बढाइएको साइबर ब्यूरोका एसपी पशुपति रायले बताए ।

जिनिज अन्तर्राष्ट्रिय स्तरको आइटी कम्पनी हो । जसको शाखा पाकिस्तान, बंगलादेश लगायत देशमा छन् ।

प्रतिक्रिया दिनुहोस्