Logo
Logo

‘भ्वाइस अफ नेपाल’का कोच राजेशपायल भन्छन्- मौलिक स्वरलाई आफ्नो टिममा राख्छु



काठमाडौं । टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–४’ आज शुक्रबारदेखि प्रसारण हुँदैछ । प्रसारणको पूर्वसन्ध्यामा उक्त शोको बिहीबार ग्राण्ड प्रिमियर गरिएको छ । हिमालय टिभीबाट यो रियालिटी शो शुक्रबार राति ८ बजेदेखि हिमालय प्रसारण हुँदैछ ।

यस सिजन–मा कोचका रुपमा गायक राजेशपायल राई र गायिका प्रविशा अधिकारी इन्ट्रि भएका छन् । अघिल्लो सिजनका कोच प्रमोद खरेल र राजु लामा भने यथावत रहेका छन् ।

ग्राण्ड प्रिमियरमा कोचहरु राजेशपायल राई, प्रमोद खरेल र प्रविशा अधिकारीको उपस्थित रहेको थियो । राजु लामा भने अहिले जापानमा छन् । द भ्वाइसको चौथो सिजनको पहिलो भाग हेरिसकेपछि उपस्थित अतिथिले पहिलेका सिजनभन्दा यसपटक अझ मज्जा आएको प्रतिक्रिया दिएका थिए ।

राजेशपायल र प्रविशा कोचको रुपमा भित्रिएसँगै शोले नयाँ रुप लिएको छ । प्रिमियरमा पत्रकारहरुसँग् कुरा गर्दै राजेशपायलले आफूलाई रमाइलो लागेको र टिमको कामको प्रशंसा गर्न मन लागेको बताए । उनले भने, ‘मलाई मेरो मनले जुन प्रतियोगी छान्न भन्छ त्यो छान्छु, न कि कसैले भनेको भरमा । विशेषगरी मौलिक स्वरलाई आफ्नो टिममा राख्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्