काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका सहायक महाप्रबन्धक आकाशबिक्रम थापाले हस्ताक्षर गरेका छन् ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट बिवाइडी ब्रान्डका सवारी साधनहरुको बीमा गरेका ग्राहकले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा नक्सालस्थित साइमेक्स इंकको सहकार्यमा सहज सेवा प्राप्त गर्न सक्ने भएका छन् ।
साइमेक्स इंकबाट बिक्री वितरण हुने बिवाइडी ब्रान्डका सम्पूर्ण सवारी साधनको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्ने र बीमापश्चात कुनै पनि दुर्घटनामा परी क्षति भएमा सो को सहज र सरल तरिकाबाट नगदरहित दावी भुक्तानी गर्ने गरी दुवै कम्पनी बिच सम्झौता भएको हो ।
कम्पनीबाट बीमा भएको चारपांग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षतिग्रस्त भइ मर्मत संभार गर्नु पर्ने भएमा साइमेक्स इंक (Cimex Inc.-BYD को मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारको लागि लगिएमा सो वापत लाग्ने खर्च बीमा कम्पनीले साइमेक्स इंक (Cimex Inc.-BYD लाई सिधै भुक्तानी गरी लामो दावी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उदेश्यले यो सम्झौता गरिएको छ ।
आइएमई जनरल इन्स्योरेन्सले उपलब्ध गराएको मोवाइल नम्बरबाट फोन, एसएमएस, भाइवर र वाट्सएप मार्फत दुर्घटनाको जानकारी गराउन सकिने कम्पनीले जनाएको छ ।
सवारी साधन बिवाइडीको सर्भिस सेण्टरमा पु¥याएपश्चात दुर्घटनाग्रस्त सवारीको जांच गरी सवारी धनीलाई कुन मितिमा सवारी साधन फिर्ता गर्ने सो मितिको जानकारी दिइने जनाइएको छ ।
मर्मत संभार पश्चात बीमालेखमा तोकिएको सीमासम्मको रकम कम्पनीले सिधै बिवाइडी कम्पनीलाई भुक्तानी गर्नेछ भने सीमा भन्दा माथिको रकम सम्बन्धित सवारी साधन धनीले भुक्तानी गर्ने गरी सो को जानकारी सम्बन्धित सावारी धनीलाई गराइने छ भने मर्मतको दौरानमा सवारी धनीलाई सवारी साधनको मर्मतको यथास्थितीको जानकारी द्यथ्म् बाट भई रहनेछ ।
यसरी सहज र सरल रुपमा सवारी धनीहरुले नगद रहित दावी सेवा प्राप्त गर्न सक्नु हुने हुनाले बीमा गर्दा र दावी पर्दा सहज सेवा प्रदान गर्ने गरी दुवै कम्पनी बीच सेवा सम्झौता भएको छ ।












