Logo
Logo

अञ्जु पन्तको ‘छुनुमुन’मा सरोज र आश्मा



काठमाडौं । चर्चित गायिका अञ्जु पन्त र आशिष अविरलको स्वरमा ‘छुनुमुनु छुनुमुनु’ बालको गीत तथा भिडियो रिलिज गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच म्युजिक भिडियो रिलिज गरिएको हो । गीतको भिडियो आशिष अविरलको च्यानलबाट सार्वजनिक गरिएको छ ।

गयक अविरलको एरेञ्ज तथा संगीत रहेको गीतको शब्द रचना एकनारायण भण्डारीले गरेका हुन् । गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर्ड गरिएको छ । गीतको भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका हुन् । पवन सुसलिङ खिचेका भिडियोलाई सुरज अधिकारीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्