Logo
Logo

नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा सुदूरपश्चिमको जित


441
Shares

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा सुदूरपश्चिमले प्रदेश–१ लाई पराजित गरेको छ ।

आइतबार टीयु क्रिकेट मैदानमा प्रदेश १ लाई १३ रनले हराउँदै पहिलो जित निकालेको हो । सुदूरपश्चिमले दिएको १४५ रनको लक्ष्य पछ्याएको प्रदेश–१ ले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १३१ रन मात्र बनायो ।

उसका लागि दीपेश कँडेलले अविजित ३४, कप्तान फिर्दोष अन्सारीले ३३, सोनु मण्डलले अविजित २६ र सन्दीप ढुंगानाले १३ रन जोडे । सुदूरपश्चिमका लागि मिलन बोहराले दुई, हेमन्त धामी, लोकेन्द्र चन्द, शेर मल्ल, नरेन साउँद र नारायण जोशीले एक/एक विकेट लिए ।

त्यसअघि सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । उसका लागि बसन्त खत्रीले अर्धशतकीय पारी खेले । उनले ४१ बलमा ४ छक्का र २ चौकासहित ५३ रन बनाए । मिलन बोहराले ४४, लोकेन्द्र चन्दले २४ रन जोडे ।

प्रदेश–१ का फिर्दोष अन्सारीले ३, दीपेश कँडेलले २, कमल खत्रीले १ विकेट लिए । प्रदेश–१ ले एक विकेट भने रन आउटको रूपमा प्राप्त गर्यो ।

प्रतिक्रिया दिनुहोस्