Logo
Logo

प्रभु बैंक र होटल मानकीबीच आकर्षक छुटसम्बन्धी सम्झौता


378
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेड र जनकपुरस्थित होटल मानकी इन्टरनेशनल प्रालिबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भूषणप्रसाद गुप्ता र होटल मानकीका तर्फबाट प्रबन्ध निर्देशक रञ्जनकुमार साहद्वारा उक्त सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

प्रभु बैंक र होटल मानकीबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावले होटल मानकी इन्टरनेशनल प्रालिद्वारा सञ्चालित ‘फुड’ र ‘लजिङ’ सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।

उक्त सम्झौताअन्तर्गत होटल मानकी इन्टरनेशनलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानल प्रयोग गरी भुक्तानी गर्दा, होटल मानकी इन्टरनेशनलका उल्लेखित सेवामा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्