Logo
Logo

गायक कमल खत्रीले गरे मेलिनासँग इन्गेजमेन्ट



काठमाडौं । गायक कमल खत्रीले गायिका मेलिना मैनालीसँग इन्गेजमेन्ट गरेका छन् । केहि महिनादेखि प्रेम सम्बन्धमा रहेका खत्री र मैनालीले आइतबार सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै इन्गेजमेन्ट भएको जानकारी गराएका छन् ।

गायक खत्रीलेले फेसबुकमा लेखेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद् पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् । जीवनको उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्