Logo
Logo

सावित्रालाई डेंगु संक्रमण, श्रीलंकाविरुद्धको खेल गुमाउने


630
Shares

काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले महिला साफ च्याम्पियसिपअन्तर्गत आज हुने श्रीलंकाविरुद्धको खेल गुमाउने भएका छन् ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि श्रीलंकाविरुद्धको खेल गुमाउने निश्चित भएको हो । सावित्रालाई डेङ्गु देखिएपछि आजको खेलमा विश्राम लिने अखिल नेपाल फुटबल संघका प्रवक्ता सुरेश साहले बताए । सावित्रासँगै गोलरक्षक प्रशिक्षक सुरज मोक्तानलाई पनि डेङ्गु देखिएको छ । उनीहरुको स्वास्थ्यस्थिति भने सामान्य रहेको छ ।

यसअघि राष्ट्रिय फुटबल टोलीका सदस्य मन्जलीकुमारी योन्जनलाई पनि डेङ्गु संक्रमण भएको थियो । नेपालले श्रीलंकासँग आज साँझ ५ः३० बजे खेल्दैछ । उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

नेपाल दोस्रो जितको खोजीमा छ । यसअघि नेपालले आफनो पहिलो खेलमा भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको थियो । त्यति बेलाको खेलमा सावित्रा भण्डारीले दुई गोल गरेका थिए भने अनिता बस्नेतले पनि समान दुई गोल नै गरेका थिए ।

समूह बी मा रहेको नेपालले एक खेलमा शीर्ष तीन अंक जोडेको छ । नेपालले श्रीलंकालाई पराजित गरेमा समूह बी को विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

समान एक खेल खेलको श्रीलंका अंकविहीन छ । यसअघि भएको खेलमा श्रीलंका भुटानसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्