Logo
Logo

नवौं राष्ट्रिय खेलकुद : कर्णाली २९ खेलमा सहभागी हुने


189
Shares

सुर्खेत । नवौं राष्ट्रिय खेलकुदमा कर्णालीले २९ खेलमा सहभागिता जनाउने भएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले खेलाडी छनोट प्रक्रिया पूरा गरी बन्द प्रशिक्षण दिने थालेको जनाएको छ । प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन हुँदै छ ।

परिषद्का उपाध्यक्ष प्रमोद हमालले कुल ३६ खेलमध्ये कर्णालीको २९ खेलमा सहभागिता हुने जानकारी दिए । कबड्डी, उसु, भलिबल (महिला–पुरुष), कराँते, बक्सिङ, तेक्वान्दो, फुटबल (महिला–पुरुष), क्रिकेट, आइटिएफ, ब्याडमिन्टन, एथ्लेटिक्स, रग्बी, भारोत्तलन, शारिरीक सुगठनमा सहभागिता जनाउनेछ ।

त्यस्तै कुस्ती, हेण्डबल (महिला–पुरुष), टेबलटेनिस, हक्की, जुडो, बास्केटबल, सुटिङ, खोखो, फुलकन्ट्याक कराते, पौडी, बुद्धिचाल, प्याराग्लाइडिङ, सेपाक्रताको, जिम्न्यास्टिक खेलका प्रतिस्पर्धामा भाग लिनेछ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले तीन स्वर्ण, चार रजत र १७ कास्यसहित २४ पदक जितेको थियो ।

प्रदेश सरकारले स्वर्ण विजेतालाई २ लाख, रजत पदक विजेतालाई १ लाख ५० हजार र कास्य पदक विजेतालाई १ लाख प्रोत्साहन पुरस्कार दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्