Logo
Logo

हुप्सेकोटमा कामना सेवाद्वारा २५औँ शाखारहित सेवा


315
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा सोमबार नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका–३ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । कार्यक्रमा हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास बढ्ने बताए । त्यस्तै हुप्सेकोट गाउँपालिकामा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा मात्र नभई शाखा नै आवश्यक रहेको बताए ।

हुप्सेकोट–३ निवासी सन्जु गुरुङलाई शाखारहित बैंकिङ सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले उक्त शाखारहित बैंकिङ सेवाको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावका साथै बैंकका अन्य कर्मचारीको उपस्थिति रहेको थियो । शाखारहित सेवामार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधा प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्