Logo
Logo

नबिलकोे एपमा आधारित ‘नविल जेन अल्फा’ सार्वजनिक


441
Shares

काठमाडौं । राष्ट्रिय बाल दिवसको अवसर पारेर नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ योजना सार्वजनिक भएको छ । ब्राण्ड एम्बासेडर समाज सेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, प्रमुख कार्यकारी अधिकृत(सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाको उपस्थितिमा नबिल जेन अल्फा सार्वजनिक भएको हो ।

एप सार्वजनिक पछि बैंकका अध्यक्ष्र पौड्यालले एपले बालबालिकालाई वित्तीय साक्षरता उपलब्ध गराउने बताए । उनले भने, ‘मोबाइलमा गेम मात्र खेलेर बिताउने बालबालिकालाई नयाँकुरा सिक्नको लागि एपले मद्दत गर्नेछ ।’

एपमार्फत् बच्चाहरुले सानो उमेरदेखि पैसाको महत्व बुझ्ने उनको भनाइ थियो । उनले बालबालिकालाई वित्तीय साक्षरता सिकाउने उद्देश्यले जेन अल्फा बचत खाता बाल दिवसको अवसरमा सार्वजनिक गरिएको बताए ।

घरमा रहेको खुत्रुकेमा बालबालिकाले राखेको पैसा जेन अल्फा मार्फत् डिजिटल खुत्रुकेमा राख्न सक्ने उनको भनाइ थियो । वउनले भने, ‘बालबालिकाले यस एपमार्फत् खेल्दै पैसा बचत गर्न सिक्ने छन् ।’
यो एप १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकलाई लक्षितगरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित खाता रहेको जनाइएको छ ।

अभिभावकहरूले यस एपमार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्ने बैंकले जनाएको छ । बालबालिकाहरुले पनि दिइएको कार्य सम्पादन पछि अंक कमाउन सक्ने र त्यहि अंक लिंक गरिएकोे खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको जनाइएको छ ।

बैंकका बरिष्ठ डेपुटी सीईओ सुजितकुमार शाक्यले जेन अल्फा नबिलले परिकल्पना गरेको नयाँ पुस्तालाई सम्बृद्ध बनाउने बचत खाता भएको बताए । उनले भने, ‘बच्चाहरुको मोबाइल समयलाई सकारात्मक र केही सिक्नको लागि एपले सहयोगी भूमिका खेल्नेछ ।’

अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले नबिल बैंकले बालदिवसको दिन बालबालिकालाई केन्द्रीत गरेर जेन अल्फा ल्याएको र वित्तीय साक्षरता सिकाउने काम धेरै महत्वपूर्ण भएको बताए ।

नबिल जेन अल्फा बचत खाताबाट बालबालिकालाई आफ्नो पढाइका साथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यस तर्पm उत्पे्ररित गराउनका लागि विशेष भुमिका निभाउने छ भन्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

नेपाली रुपैयामा खोलिने नबिल जेन अल्फा बचत खातामा १८ वर्ष सम्मका बालबालिकाहरु समाहित हुन सक्ने जनाइएको छ । यो एप प्ले स्टोर तथा एप्पल स्टोेरबाट डाउनलोड गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्