काठमाडौं । अनलाइन वजार दराजले दशैंको अवसर पारेर विभिन्न उपहार सहितको दशै योजना ल्याएको छ । कम्पनीेले पहिलो मेगा इभेन्ट ‘दराज महोत्सव’ आयोजना गरेको केही दिनमै र आगामी दशैं पर्वको लागि मञ्च तय गर्दै दशैं योजना ल्याएको हो ।

यो योजना गत वर्षको तुलनामा अझ ठुलो र भव्य हुने कम्पनीले दावी गरेको छ । अभियानका मुख्य विशेषताहरूमा ७० प्रतिशत सम्मको मेगा डिल, निःशुल्क शिपिंग, दुइ हजार पाँच सय रुपैयाँ सम्मको प्रीपेमेन्ट छुट, १० हजार रुपैयाँ सम्मको मेगा भाउचर, खेल एक रुपैयाँको र बम्पर उपहारको रूपमा निउ एनक्युआई इलेक्ट्रिक स्कुटर जित्ने मौका रहेको छ जनाइएको छ ।
कार्ड प्रिपेमेन्ट छुटको रुपमा ग्राहकले डेबिट कार्ड मार्फत भुक्तानी गर्दा १५ प्रतिशत वा वढीमा दुइ हजार रुपैयाँ र क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा २० प्रतिशत वा वढीमा दुइ हजार पाँच सय रुपैयाँ सम्मको छुट पाउन सक्ने जनाइएको छ ।
विशेषगरी नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, एनसीसी बैंक, सांग्रिला विकास बैंक र ज्योति विकास बैंकका ग्राहकले उल्लिखित छुटहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
साथै, एनआईसी एशिया बैंक, सानिमा बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंकका ग्राहकहरूले क्रेडिट कार्डमार्फत शुन्य प्रतिशत ब्याजको सहज मासिक किस्ता योजना (ईएमआई) पनि प्राप्त गर्न सक्ने उल्लेख छ ।
अभियानको पहिलो दिनमा आइएमई पे वा इसेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकले सीमित घण्टाको लागि १५ प्रतिशत वा वढीमा एक हजार रुपैयाँ सम्मको अतिरिक्त छुट पनि पाउने कम्पनीले जनाएको छ ।
त्यस्तै, यसपालि पनि खेल १ रुपैयाँको गेम पनि संचालन हुने भएको छ । जसमार्फत ग्राहकले अमेजÞ फिट जीटीएस मिनी, साउण्डकोर लाइफ नोट, एक जोडीको लागि एती एयरलाइन्सको वान वे टिकट र मोटो जी २२ जित्न सक्ने जनाइएको छ ।
विभिन्न ब्रान्डमा उत्कृष्ट छुट
दराज दशैं धमाकामा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट विशेष डिल र छुटहरू उपलब्ध हुने जनाइएको छ । यसमा ७० प्रतिशत सम्म छुट रहेको कम्पनीले जनाएको छ । अभियानका लागि डायमण्ड पार्ट्नर्समा रोहटो, गोल्डस्टार, एमआई र क्यूएनयू छन् भने प्लेटिनम पार्ट्नर्स साझेदारहरूमा वाओ, आमय्रा फेशन हाउस, सिजी डिजीटल, फिलिप्स, एडिडास फ्याक्ट्री आउटलेट र कडेन्स नेपाल पर्दछन् ।
अन्तमा, गोल्ड पार्टनरहरूमा जुआस, मामाअर्थ, अमेजफिट, मसाला बिड्स, कन्भर्स, न्यू ब्यालेन्स, लोट्टो स्पोर्ट्स नेपाल र वन प्लस समावेश रहेको जनाइएको छ । अभियानका थप आकर्षणमा शेक शेक भाउचर, ११ को बजार, आजाको दराज मल ब्रान्ड, कुपन नै कुपन, जो छिटो उस्ले जित्यो, सेलको झटका र स्टोरवाइड अफर समावेश रहेको कम्पनीले जनाएको छ ।
नबिल जेन अल्फा बचत खाताबाट बालबालिकालाई आफ्नो पढाइका साथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यस तर्पm उत्पे्ररित गराउनका लागि विशेष भुमिका निभाउने छ भन्ने बैंकले विश्वास व्यक्त गरेको छ ।
नेपाली रुपैयामा खोलिने नबिल जेन अल्फा बचत खातामा १८ वर्ष सम्मका बालबालिकाहरु समाहित हुन सक्ने जनाइएको छ । यो एप प्ले स्टोर तथा एप्पल स्टोेरबाट डाउनलोड गर्न सकिने बैंकले जनाएको छ ।