Logo
Logo

महिला साफ च्याम्पियनसिप फुटबल : भारतविरुद्ध नेपाललाई अग्रता



काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत सेमिफाइनलमा नेपालले भारतविरुद्ध अग्रता लिएको छ । नेपालले मध्यान्तर अघिको खेलमा भारतलाई १–० गोलले पछि पारेको छ ।

पहिलो हाफ सकिँदा नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेकी हुन् । उनले मध्यान्तर अघिको इन्जुरी समयमा गोल गरेकी हुन् । नेपाली टोलीको कप्तानी एन्जिला तुम्बाप्पो सुब्बाले गरिरहेका छन् । नेपाली टोलीकी मुख्य खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ डेङ्गुका कारण मैदान बाहिर छन् ।

आजै सम्पन्न पहिलो सेमिफाइनलमा भुटानलाई ८–० गोलअन्तरले हराउँदै बङ्गलादेश फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्